
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले प्रतिबद्ध रहेको बताएकम छन ।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सबै समुदायबीच सहअस्तित्व कायम गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताए।
अध्यक्ष ओलीले एमालेले समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरका लागि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे
। जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नुको सट्टा सबै समुदायलाई समान अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

