
काठमाडौं । आइतबार सुनको मुल्य तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मुल्य आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६६० रुपैयाँ रहेकोमा चाँदी ४ हजार ७१० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको मुल्य ४ हजार ६४५ रुपैयाँ थियो ।

