रवि लामिछानेको चीन भ्रमण दोस्रो सातालाई सारियो

cp new add
Nisharg hospital

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ । यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो ।

Nast Ad

तर, आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको स्रोतले बतायो । भ्रमणका क्रममा उनी तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । यसअघि उनी मानसरोवर जानेरनजाने निश्चित भएको थिएन ।

चीन भ्रमणको क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । तर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतले बतायो ।

यसअघि दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेटघाटको प्रबन्ध मिलाउने प्रयास जारी राखेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...