ओलीको ‘आवारा’ टिप्पणीपछि रावलको प्रश्न: नेतृत्व रूपान्तरणको माग अराजकता कसरी भयो ?

cp new add
Nisharg hospital

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको क्यान्टिनमा बसेर आफूलाई हटाउन खोज्नेहरूलाई ‘आवारा’ को संज्ञा दिएपछि पार्टीभित्र वैचारिक तरङ्ग पैदा भएको छ।

Nast Ad

इलाममा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले दिएको उक्त अभिव्यक्तिको नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका बेला एमाले नेता झपट रावलले ओलीसमक्ष चारवटा गम्भीर वैचारिक प्रश्न अघि सारेका छन्। रावलले पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै सामाजिक सञ्जालमार्फत आफ्ना स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएको उल्लेख गर्दै ओलीको सो भनाइमाथि कडा आपत्ति जनाएका छन्।

नेता रावलले पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ‘आवारा’ भनिएकोमा दुःख व्यक्त गर्दै हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने स्वयम् ओली के हुनुहुन्थ्यो भनी प्रश्न गरेका छन्।

विचार र नीतिको बहस गर्ने कार्यकर्तालाई आवारा मान्ने हो भने तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई के भन्ने भन्दै उनले नेतृत्व परिवर्तनको मागलाई सोझै अराजक देख्नु कुन मार्क्सवादी सिद्धान्तभित्र पर्छ भनेर प्रश्न उठाएका छन्। हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग गरेर आजको सर्वोच्च स्थानमा पुगेका ओलीले आज अरूले सोही माग दोहोर्याउँदा ‘अराजकता’ देख्नु दोहोरो मापदण्ड भएको रावलको तर्क छ।

पार्टी सुधारको आवाज उठाउनेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति किमार्थ नसोध्ने भन्दै रावलले एमाले कसैको निजी कम्पनी नभई हजारौँ सहिदको रगत र लाखौँ कार्यकर्ताको पसिनाले उभिएको साझा घर भएको स्मरण गराएका छन्। अरू कोही जिम्मेवारीमा पुग्दा ‘पटक(पटक अवसर पाएको’ वा ‘मैले नै बनाइदिएको’ भनेर अवमूल्यन गर्ने ओलीले आफ्नो हकमा भने सो नियम लागू नगरेको भन्दै अवसरको मानक साधारण कार्यकर्ताका लागि मात्र हो कि नेतृत्वको लागि पनि हो भनी उनले आत्मसमीक्षाको माग गरेका छन्।

रावलले यी प्रश्नहरू कुनै व्यक्तिगत आक्रोश नभई पार्टीलाई सही दिशामा डोर्याउने र आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने निष्ठावान् कार्यकर्ताको सचेत आवाज भएको स्पष्ट पारेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...