कांग्रेस इतर समूहको भेलामा धर्मको विषयमा महत–निधिबीच भनाभन, मञ्चमै कागज खोसाखोस

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मको विषयलाई लिएर पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महतबीच विवाद भएको छ।

Nast Ad

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेलाका निर्णय सुनाउने क्रममा दुई नेताबीच भनाभन हुनुका साथै निर्णय लेखिएको कागजसमेत एकअर्काबाट खोसाखोस भएको थियो।

विवादको मुख्य कारण भेलाको निर्णयमा समेटिएको धर्मसम्बन्धी वाक्य थियो। डा. महतले मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए। तर, निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए।

कार्यक्रम लाइभ भइरहेकै बेला यही विषयमा विवाद चर्किएपछि मञ्चमै केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। दुई नेताबीच कागज खोसाखोस भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको हस्तक्षेपपछि अन्ततः डा. महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो।

समापन समारोहमा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने धारणा राखेका थिए। उनले आफ्नो भनाइबारे पछि स्पष्टीकरणसमेत दिएका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...