ग्यास लिन नागरिकता चाहिने भएपछि ज्ञानेन्द्र शाहीको आक्रोश: के नाका पार गर्न लागेको हो ?

cp new add
Nisharg hospital

काठमाडौँ । राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले ग्यास अभाव र लिन नागरिकतासहितका कागजात चाहिने नेपाल आयाल निगमको निर्णयपछि सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। उनले रास्वपालाई चुनावका बेला गरेका प्रतिबद्धता र बाचा सम्झाउँदै ४ महिनामै देश कायापलट हुने विश्वास जनताले नगरेको बताएका छन्।

Nast Ad

‘पाँच स्थानबाट ग्यास बिक्री हुँदैछ, तर ग्यास लिन पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आयो । ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो ?’ उनले भनेका छन्,’सरकारले पाँचै महिनामा देशलाई कायापलट गरिदिन्छ भनेर हामीले अपेक्षा गरेका छैनौँ। तर जनताले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या त समाधान गर्न सक्नुपर्‍यो नि सरकार!’

आजदेखि आयाल निगमले काठमाडौँ उपत्यकाका ५ ठाउँबाट ग्यास वितरण गर्ने र लिन नागरिकता वा राष्ट्रिय परिचयपत्र चाहिने निर्देशन गरेको छ। निगमको यो नियमको अहिले चर्चा भइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...