आगलागी हुँदा दुई जना घाइते, झन्डै चार करोडको क्षति

cp new add
Nisharg hospital

२५ कात्तिक, मोरङ । मोरङमा एक घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन ।

Nast Ad

बेलबारी नगरपालिका–१ ढुकुरो चोकमा रहेको डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गएराति पौने २ बजे भएको आगलागीमा परेर उनका ३० वर्षीय छोरा भुषण ठकुरी र २८ वर्षीया बुहारी नमिता ठकुरी घाइते भएका छन ।

उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। आगलागीबाट घरका सबै सामग्री जलेर नष्ट भएका छन । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँसहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...