
धनगढी । खुटिया नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत भेटिएका छन् । नदीमा बेपत्ता धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका दोर्ण सुवेदी मृत भेटिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको शव अबेर राति मात्र नदीबाट निकालेको थियो । स्थायी घर बझाङ भएका सुवेदी सरस्वती माध्यमिक विद्यालय मनेहरामा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययन गर्दै आएका थिए ।
उनी अन्य तीन जना साथीसँग नदीमा नुहाउन गएका थिए ।

