२१ वर्षमै रोशनी शाहको दमदार जित, नेविसंघबाट कांग्रेस महाधिवेशन प्रतिनिधिसम्म

cp new add
Nisharg hospital

धनगढी । कैलाली क्षेत्र नम्बर ४ बाट २१ वर्षीया रोशनी शाह नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

शाहले ३४७ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वीले २५० मत प्राप्त गरेका छन् । शाह ९७ मतको फराकिलो अन्तरले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

सानै उमेरदेखि राजनीतिसँगै सामाजिक सेवामा सक्रिय शाह ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढीमा बीबीएस चौथो वर्षमा अध्ययनरत छिन् । उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट क्याम्पसको वर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन् ।

२१ वर्षकै उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेसँगै शाहले युवा, विद्यार्थी र महिला नेतृत्वको प्रतिनिधित्व गर्दै पार्टीको नीति निर्माण तहमा प्रवेश गरेकी छन् ।

उनको निर्वाचनलाई युवा पुस्ता, विद्यार्थी र महिलाको राजनीतिक सहभागिताको उदाहरणका रूपमा हेरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...