धनगढीका ट्रक चालक भण्डारीलाई चिसापनीमा ट्रकले नै दियो ठक्कर, अवस्था गम्भीर

cp new add
Nisharg hospital

धनगढी । कैलालीको चिसापानीमा गएराति ट्रकको ठक्करबाट एक जना चालक घाइते भएका छन् । घाइते हुनेमा धनगढी घर बताउने प्रेम भण्डारी रहेका छन् ।

Nast Ad

उनलाई गएराति साढे २ बजेतिर चिसापानीस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो ।
भण्डारी मधेश प्रदेश ०३००२ ख ०३७६ नम्बरको ट्रकका चालक हुन् ।

उनको दुवै खुट्टा भाचिएपछि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लम्कीको लालरत्न अस्पतालमा सामान्य उपचारपछि भण्डारीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

ठक्कर दिने ट्रक चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...