कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

cp new add
Nisharg hospital

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान करिब ९ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३५१८ नम्बरको खप्तड त्रिवेणी यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको से ३ प ८१८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार बस अछामको साँफेबगर नगरपालिका–१० का करिब ३२ वर्षीय प्रदीप बोगटीले चलाएका थिए। मोटरसाइकल चालकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको टाउको तथा हातखुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ।
दुर्घटनापछि बस र चालकलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब डेढ किलोमिटर पश्चिममा पर्छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...