कैलालीका विश्वकर्मा मृत्यु प्रकरण : उनीसँगै सिकार खेल्न गएका दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

Nast Ad

मृत्यु हुनेमा ४३ वर्षीय पदमबहादुर विश्वकर्मा रहेका छन्। भदौ २ गते दिउँसो जङ्गली बँदेलको सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले हानेको गोली विश्वकर्माको दाहिने छातीमा लागेको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

घटनापछि विश्वकर्माको शव जङ्गलमा लगेर राखी फरार भएको आरोपमा मृतकका भाइ गणेश विश्वकर्माले जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका राकेशले घटनामा प्रयोग भएको भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले घटनासँग सम्बन्धित दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...