जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital

सुर्खेतको बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकखण्डमा सडक सफा गर्ने क्रममा जेसिबी मेसिन सडकबाट करिब ३०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार भे.१ ग १२७ नम्बरको जेसिबी दुर्घटनामा बराहताल गाउँपालिका–५ का करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nast Ad
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...