
बझाङ । बझाङमा एक पुरुष मृत फेला परेका छन । जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला परेका हुन ।
उनी सोही ठाउँस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ घरबाट गाउँतिर घुम्न जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

