गरिमा चौधरीको हत्यामा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

cp new add
Nisharg hospital

काठमाण्डौँ । बाराको सिमरामा बलात्कारपछि विभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर दुःख र आक्रोश व्यक्त गरेका छन्। प्रचण्डले गरिमाको हृदयविदारक घटनाले आफूहरूलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन्। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने उनले शनिबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

Nast Ad

गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता रहेको प्रचण्डले बताएका छन्। उनले गरिमामाथि भएको अपराध एउटा परिवारमाथिको पीडामात्र नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताएका छन्। छोरीहरूलाई भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उनको भनाइ छ।

प्रचण्डले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्नुपर्ने उनले बताएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...