‘सत्य जान्ने अधिकार नागरिकको हो’ भन्दै गगनले मागे लाल आयोगको प्रतिवेदन

cp new add
Nisharg hospital

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार सँग माग गरेका छन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेका हुन् ।

Nast Ad

उनले उक्त प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको बताएका छन्।

उनले लेखेका छन् ‘२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित छन्। विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन। यसपटक यो विषय प्रतिवद्धतामा मात्र सिमित नहोस्। यसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ।अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।’

उनले हरेक पटक आफूहरुको राजनीतिक दल सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको स्विकार गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...