धनगढीमा युवतीको डेराबाट लागुऔषधसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

२५ कात्तिक, धनगढी । धनगढीमा युवतीको कोठाबाट लागुऔषधसहित दुई जना पक्राउ गरेका छन् ।

धनगढी उपमहानगरपालीका–८ स्थायी घर भएर वडा नम्बर १ को जोशी टाकिज नजिकै डेरा गरी बस्ने २० वर्षीय एलिसा चौधरीको कोठाबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले चौधरीको कोठाबाट धनगढी उपमहानगरपालीका–३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र ४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुको साथबाट ५ ग्राम ३०० मिलिग्राम लागु औषध बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...