कांग्रेस कैलालीका सभापतिलाई कारवाही गर्न रानाथारु समाजको माग

cp new add
Nisharg hospital

२५ कात्तिक, धनगढी । नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टलाई कारवाही गर्न नेपाल राना थारु समाजले माग गरेको छ । रानाथारु समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर समाजले भट्टलाई कारवाही गर्न माग गरेको हो ।

जिल्ला सभापति भट्टलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय नियमावली, २०७४ को समेत उलंघन गरेको भन्दै कारबाहीको माग गरिएको छ । ‘प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नारदमुनि रानाको नाम लिएर भट्टले राना थारुहरू ठग र तल्लो दर्जाको नागरिक हुन्,’ अध्यक्ष कमलसिंह रानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो समुदायका मान्छेलाई भोट दिन हुन्न भन्ने आशयले दिएको अभिव्यक्तिले राना थारु समुदायको घोर अपमान मात्रै भएको छैन जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय नियमावली, २०७४ को समेत उलङ्घन गरेको छ । ’

नेपाली काँग्रेस कैलालीका जिम्मेवार नेताको यस्तो गैर जिम्मेवार, अराजनैतिक, गैर कानुनी र अराजक अभिव्यक्तिले राना थारु समुदायको स्वाभिमान माथि ठूलो आघात पुगेको भन्दै द्धन्द्ध फैलाउने अभिव्यक्ति दिने भट्टलाई कारवाहीको माग गरिएको छ ।

सभापति भट्टले केही दिन अघि सत्ता गठबन्धनको कार्यक्रममा एमालेका उम्मेदवार नारदमुनि राना र नेपालु चौधरीको नाम लिँदै अपमानपूर्ण अभिव्यक्ति दिएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...