धनगढी स्वतन्त्र जन्मदाताको सहर हो, जनताले मलाई जिताउछन् : भण्डारी

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले धनगढी स्वतन्त्र जन्मदाताको सहर भएकाले अगामी निर्वाचनबाट आफूलाई अनुमोदन गर्ने दाबी गरेका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि भएकै बेला कैलाली–५ को प्रदेशसभा(२) मा स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले मतदाता भेटघाटका क्रममा घरदैलो अभियानमा व्यस्त रहेको बताउदै जनताले आफूलाई विजयी गराउने दाबी गरेका हुन् ।

‘अहिले म जनताको घरदैलोमा व्यस्त छु । जनताले तपाईले ठीक निर्णय गर्नुभयो । हामी तपाईलाई सहयोग गछौँ भन्नुभएको छ,’ प्रेसपत्रसँग कुरा गर्र्दै भण्डारीले भने, ‘हाम्रो धनगढी स्वतन्त्र जन्मदाताको सहर हो, हामी सबै स्वतन्त्रलाई विजयी गराउछौँ भनिरहेका छन् । मलाई पनि अगामी मंसिर ४ को निर्वाचनबाट अनुमोदन गर्नेछन् ।’

३० बैशाखको स्थानीय तहको निर्वाचनमा दलहरुलाई चुनौती दिदै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल विजयी भएको प्रसंग उल्लेख गर्दै भण्डारीले दलहरुबाट जनता दिक्क भएकाले विकल्प खोजिरहेको सुनाए ।

भिडियो

‘अहिले स्वतन्त्रले जितेपछि केही गर्न सक्दैनन् भनेर भ्रम छर्ने काम भइरहेको छ । त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरिरहेका छौँ,’ उनले भने, ‘गर्नै नसकिने अबौँका योजनाको सपना हामी बाड्दैनौँ । चुनाव जितेपछि यहाँको समस्या पहिचान गरेर योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता गरेको छु ।’

प्रदेशसभा सदस्यका रुपमा विजयी भएपछि आफ्नो क्षेत्रमा वडागत रुपमा तटबन्ध, विद्युतीकरण, खानेपानी जस्ता समस्यालाई पहिचान गरेर काम गर्ने बताए भने निर्वाचित भइसकेपछि राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नलिने बताएका छन् । २०७४ सालमा प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुविरुद्ध बागी उम्मेदवारी दिएका भण्डारीले अन्तिम समयमा फिर्ता लिएका थिए ।

यसपटक प्रदेशसभा (२) मा देउवाले भतिजा प्रकाश देउवालाई उम्मेदवार बनाएपछि बागी उम्मेदवारी दिएका थिए । मनोनयन दर्ताकै दिन प्रधानमन्त्री देउवाले फोन गरेर उम्मेदवारी दर्ता नगर्न आग्रह गरेपनि भण्डारीले अस्वीकार गरेका थिए । भण्डारी अहिले मतदाता रिझाउन व्यस्त रहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...