भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु, २८ प्रहरी वेपत्ता

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी (पूर्व) २६ र नवलपरासी (पश्चिम) मा दुई शव फेला परेको छ ।

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, बिरेन्द्र सैनिक अस्पताला १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार जारी छ ।

प्रहरीका अनुसार, आज बिहान ५ बजेसम्ममा बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका २८ प्रहरी कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि ३ हजार ३ सय १८ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...