चुच्चे नक्सामा समेटिएको भूमी फिर्ता ल्याउन एमालेलाई मत दिनुस् : राना

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नारदमुनी रानाले केपी ओली नेतृत्वको सरकारले मिचिएको भूमी फिर्ता ल्याइने बताएका छन् ।

पूर्व मन्त्री एवंम् एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज समेत रहेका रानाले शनिबार बिहान धनगढी उपमहागनरपालिका–७ को हिम्मतपुर शिविरमा मतदाता भेटघाट भेटघाट कार्यक्रममा बोल्दै चुच्चे नक्सामा समेटिएको भूमी एमालेकै सरकारले फिर्ता ल्याउने दाबी गरे ।

‘हाम्रो गुमेको भूमि समेटर चुच्चे नक्सा एमालेले ल्यायो । अब जमिन पनि फिर्ता ल्याउनुछ । त्यसका लागि एमालेलाई बहुमत दिनुस्, हामीलाई मंसिर ४ मा मत दिएर जिताउनुस्,’ रानाले भने ।

उनले अदालतबाट बनेको अहिलेको परमादेशी सरकारले नागरिकता बेच्न काम गरेकाले गठबन्धनका उम्मेदवारलाई मत दिएमा राष्ट्रिय स्वाभिमान र राष्ट्रियता खतरामा पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह पनि गरेका छन् ।

रानाले कोरोना महामारीका कारण पाँच वर्षे कार्यकालमा अपेक्षाकृत काम गर्न नसकेपनि पनि एमालेको सरकारले बृद्धभत्ता दुई हजारबाट चार हजार पुगाएको, हुलाकी सडकलाई चार लेनमा विस्तार गरिरहेको, वडाको खानेपानी र सडक पूर्वाधारको समस्यालाई ध्यानमा राखेर डीपीआर तयार गरी काम अघि बढाएको बताए । उनले कोभिडका कारण दुई वर्ष कुनै पनि काम गर्न नसकेको उल्लेख गरे ।

गठबन्धन सरकार आएपछि किसानले मल नपाएको, पेट्रोलियम पदार्थको मूल्यमाभारी बृद्धि गरिएको, खेतमा उत्पादन गरिएको धानको मूल्य नपाएको जस्ता समस्याबाट जनता आजित भएकोले फेरी पनि मत दिएर गल्ती नगर्न पनि अपिल गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...