press
po

सुदूरपश्चिममा बलात्कारका २४२ घटना, कैलालीमा सबैभन्दा धेरै

cp new add
Nisharg hospital
dhanga
Rubic

८ साउन, डोटी । आर्थिक वर्ष २०७८-७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार) का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन् ।

sanjiwan
Nisharg

गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७-७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६-७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । यस जिल्लामा ११९ जाहेरी दर्ता भएका छन् । कञ्चनपुरमा ३३ जाहेरी परेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रदेशका सात पहाडी जिल्लाहरूमध्ये डोटीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना दर्ता भएका छन् । यस जिल्लामा २० जाहेरी परेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस्तै बझाङ्गमा १५, अछाम र बाजुरामा १३-१३, बैतडीमा १२ र दार्चुलामा १० घटना भएका छन् । डडेल्धुरामा सबैभन्दा कम सात जाहेरी परेका छन् ।

HAMRO DAIRY

मुलुकीअपराध संहिता, २०७४ को भाग २ को परिच्छेद् १८ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवरजस्ती करणी गरेको मानिनेछ ।’ भनिएको छ । यस्तै उक्त परिच्छेदमा करकापमा पारी, डरधाक देखाई, झुक्यानमा पारी अपहरण गरी, शरीर बन्धक राखी लिइएको मञ्जुरीलाई मन्जुरी नमान्ने उल्लेख छ ।

यस्तै गत आर्थिक वर्षमा जबरजस्ती करणी उद्योगमा ८५ घटना दर्ता भएका छन् । प्रहरीका अनुसार कैलालीमा ३७, कञ्चनपुरमा १६, बझाङमा ११, डडेल्धुरामा सात, अछाम, बैतडी र बाजुरामा चाररचार, डोटी र दार्चुलामा एकरएक वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...