एमाले अध्यक्ष ओली धनगढीमा, हेलीकोप्टर मार्फत डोटी जादै

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । कैलाली र डोटीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न ओली श्रीएयरलाइन्सको विमानबाट धनगढी पुगेका हुन् ।

केही बेर अघि धनगढी विमानस्थलमा अवतरण गरेका ओली अब हेलीकोप्टर मार्फत डोटी जादैछन् । ओलीले डोटीको दिपायलमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

डोटीको कार्यक्रम सकेर उनी आजै कैलालीको अत्तरिया र लम्कीको सभालाई सम्बोधन गर्नेछन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...