
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका २२ वर्षीय हेमु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

