प्रतितोला २ हजार ४ सय रुपैयाँ घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ। बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख २० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै,शुक्रबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...