चिनियाँ दूतावासले भन्यो- बाढीको जोखिम कायमै छ, निगरानी गर्दैछौं

cp new add
Nisharg hospital

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ । शुक्रबार चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका छन् ।

‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ । पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त तालमा अहिले पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुने जोखिम बढेको छ ।’

नेपाल र चीन दुवैका लागि उद्धार तथा आपत्‌कालीन प्रतिकार्यका दृष्टिले अहिले अवस्था अत्यन्त संवेदनशील चरणमा रहेको दूतावासले भनेको छ । ‘पहिरोले बनाएको तालभन्दा तलतर्फका क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गर्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिम रोकथाम र आपत्कालीन प्रतिकार्यका लागि अग्रिम तयारी गर्न आग्रह गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, चीन र नेपालका सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, विज्ञप्तिमा सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय सूचनामात्रै अनुसरण गर्न, अपुष्ट सूचना फैलाउनबाट जोगिन र अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...