सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा बाढीपीडितलाई एक लाख सहयोग

cp new add
Nisharg hospital

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि सहयोग गरेको छ।

समाजले बाढी तथा पहिरोबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको समाजका कोषाध्यक्ष प्रदीप भट्टले बताए।

विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको भट्टले बताए।

साथै, समाजले बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै सम्पर्कविहीन नागरिकहरू सकुशल फेला परून् र प्रभावित क्षेत्रमा शीघ्र राहत तथा पुनःस्थापनाको काम अघि बढोस् भन्ने कामना गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...