कञ्चनपुर र बझाङमा १४ किलोभन्दा बढी चरेशसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट प्रहरीले १३ किलो ९०५ ग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले सु.प.प्र.०१–००१ च ४८११ नम्बरको सेतो बलेरो पिकअप जिप चेकजाँच गर्दा बोनटमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो।

पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन्। प्रहरीले उनीहरूसँगै जिपसमेत नियन्त्रणमा लिएको छ।

त्यस्तै, बझाङको बित्थडचिर गाउँपालिका–४ मल्लो भत्तडामा प्रहरीले ४०० ग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले स्थानीय ३१ वर्षीय वीरबहादुर बोहराले सञ्चालन गरेको बोहरा किराना पसलमा खानतलासी गर्दा लुकाइछिपाई राखिएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो।

प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...