भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने

cp new add
Nisharg hospital

काठमाडौं । भारतले भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार स्थलको अवस्था मूल्यांकन गर्न एउटा ‘टनेल रेस्क्यु’ रेकी टोली पठाउने तयारी भइरहेको हो। उक्त टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे अध्ययन गर्नुका साथै उद्धारका लागि आवश्यक उपकरण पहिचान गर्नेछ।

‘नेपालको अनुरोधअनुसार हामी सुरुङ उद्धार टोली पठाउने तयारीमा छौं। त्यसका लागि वास्तविक अवस्था बुझ्न र कस्ता उपकरण आवश्यक पर्छन् भन्ने मूल्यांकन गर्न सुरुमा रेकी टोली पठाइँदैछ। साथै, नेपालमा मेडिकल टोली पनि पठाउँदैछौं,’ उनले टाइम्स अफ इन्डियासँग भनेका छन्।

सरकारका अनुसार रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाको सुरुङ (टनेल) तथा विभिन्न स्थानमा बाढीले मानिसहरूलाई फसेका छन्। ती मध्ये दुईको शुक्रबार सकुशल उद्धार गरिएको थियो।

यस्तै, भारत सरकारले प्रभावित क्षेत्रमा सम्पर्क सञ्जाल छिटो पुनःस्थापित गर्न आवश्यक प्राविधिक टोलीसहित बेली ब्रिज उपलब्ध गराउने प्रस्ताव पनि गरेको जैसवालले जानकारी दिए।

‘उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन सकियोस् भनेर हामीले बेली ब्रिजको पनि प्रस्ताव गरेका छौं। एउटा बेली ब्रिज यसअघि नै नेपालमा रहेको छ र त्यसलाई राहत तथा यातायात सम्पर्क पुनःस्थापनाका लागि प्रयोग गर्न सकिन्छ,’ उनले भने।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...