
२६ कात्तिक, धनगढी । सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। साँझ ६ बजेर १४ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो ।

बैतडी, बझाङ, कैलाली र कञ्चनपुरमा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। क्षति बारे भनी विवरण आउन बाँकी रहेको जनाइएको छ।

