डोटीका कृत सिंह विष्ट अझै सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

cp new add
Nisharg hospital

डोटी जिल्लाको  दिपायल सिलगढी नगरपालिका ७ रातुली घर भएका कृत सिंह विष्ट रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन्।

देवघाटमा दरबन्दी भई अपर त्रिशूली–३ए हाइड्रोपावरमा कार्यरत विष्ट १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढी आएको ६ दिन बितिसक्दा समेत उनको अवस्था अज्ञात रहेको छ।

विष्टका परिवारले खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्दै उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन हुनअपिल गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...