डोटीमा भूकम्पले ७ घर भत्किए (अपडेट)

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । शनिबार राति ८ बजेर १२ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाएर गएको ५.१ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन थालेको छ ।

Nast Ad

भुकम्पले डोटीमा ७ वटा घर भत्किएको खबर प्राप्त भएको छ । गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा भूकम्पले फेरि दुईवटा घर भत्किएका छन् ।

सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा पनि तीन वटा घर भत्किएको प्रहरीले जनाएको छ । भुकम्पको धक्कापछि त्यहाँ मानिसहरु घर बाहिर निस्किएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...