धनगढीमा ब्राउन सुगरसहित ३० वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय ललित साउदलाई पक्राउ गरेको हो।

प्रहरीले सोमबार राति साउदको घर तथा कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने १ ग्राम ९१० मिलिग्राम धुलो पदार्थ फेला पारेको जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका साउदमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...