कञ्चनपुरमा ब्राउनसुगरसहित किशोरसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित एक किशोरसहित तीन जनालाई पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका–१० विकास बस्तीबाट स्थानीय ३२ वर्षीय होसियार रानालाई ९५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा प्रहरी चौकी परासनबाट खटिएको टोलीले सोमबार दिउँसो चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो।

त्यस्तै, लालझाडी गाउँपालिका–१ डाँडाबिछवामा लागूऔषध बिक्री–वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीय ३० वर्षीय राजेश रानालाई पक्राउ गरिएको छ। प्रहरीले उनको घरकोठामा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने २८० मिलिग्राम पदार्थ फेला पारेको जनाएको छ।

सोही क्षेत्रबाट १८ वर्षीय एक किशोरलाई पनि १ ग्राम ८४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...