महाकालीमा बढेको बाढी घट्दो क्रममा, शारदा ब्यारेजको रोक कायमै

cp new add
Nisharg hospital

धनगढी । महाकाली नदीमा पानीकोे बहाब बढेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ ।

जिल्ला प्र्र्रहरी कार्यालयकाअनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।

मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहेपनि खतराको तह मुनी नझरेका कारण बुुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बुधबार बिहान महाकालीमा पानीको सतह घटेर दुई लाख ५५ हजार २८४ क्युसेक पुगेका जानकारी दिए ।

उनकाअनुसार महाकालीमा पानीको सतहले एक लाख क्युसेक पार गरेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चार पांग्रे सवारीसाधन रोक लगाउने गरिएको छ । बहाब घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा वर्षा नभएमा दिउँसोसम्म ब्यारेज पूर्ण रुपमा खुल्नसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...