press
po

सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

cp new add
Nisharg hospital

 

dhanga
Rubic

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

sanjiwan
Nisharg

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

यसअनुसार एकदिनमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

HAMRO DAIRY

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

१० ग्राम चाँदीको मूल्य आज ४ हजार ५१ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...