
काठमाडौं । संसद् बैठकका क्रममा ढलेका नेपाली कांग्रेसका सांसद भरत खड्कालाई अस्पताल लगिएको छ । उपचारका निम्ति उनलाई वीर अस्पताल लगिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
बिहीबार (भदौ १८) सांसद खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका थिए । आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका उनी बसेकै ठाउँमा ढलेका हुन् ।
संसद् भवनमै उनको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो । त्यसपछि केही बेर संसद् भवनमै आरामपश्चात् उनलाई अस्पताल लगिएको हो ।

