भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे छलफल गरिने जनाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...