त्रिशूली–३ए सुरुङमा उद्धार अभियान तीव्र, २–३ घण्टामा फसेकासम्म पुग्ने आशा

cp new add
Nisharg hospital

काठमाण्डौँ । त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूबाट आवाज आएको जानकारी प्राप्त भएपछि अबको केही घण्टामा उनीहरूको उद्धार हुन सक्ने आशा नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले व्यक्त गरेका छन्। उनी आयोजनास्थलमै छन्।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाबाट सयौँ मानिसहरू सम्पर्कविहीन भएका छन्। लाङटाङको एउटा सुरुङमा बिहीवार दुई जनाको शव फेला परेको भए पनि अरू स्थानमा फसेको ठानिएका मानिसहरूको अवस्थाबारे यसअघिसम्म कुनै जानकारी प्राप्त भएको थिएन।

‘यहाँ खोजी तथा उद्धारको नेतृत्व गर्नुभएका कर्नेल गङ्गा बरालले  भित्रबाट आवाज आएको जानकारी दिएका हुुन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...