
दार्चुला । जुवातास मुद्दामा जिल्ला अदालत दार्चुलाले २७ दिन कैद सजाय र दुई सय रुपैयाँ जरिवाना तोकेका महाकाली नगरपालिका–४ का २९ वर्षीय अशोक सिंह कुवर पक्राउ परेका छन्।
सम्मानित जिल्ला अदालत दार्चुलाको २३ वैशाखमा गतेको फैसलाअनुसार कुवरलाई उक्त सजाय तोकिएको थियो। फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुवरलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

