
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नका लागि त्यसैअनुसारको तयारी भएको छ । यद्यपि प्रधानमन्त्री कहिले त्यसतर्फ जाने त्यसबारे उनले केही खुलाउन चाहेनन् ।
प्रधानमन्त्री बालेनले नेतृत्व गर्ने नेपाली टोलीमा परराष्ट्रमन्त्री खनाल पनि सहभागी हुने ती अधिकारीले जानकारी दिए । तर सरकारको आधिकारिक निर्णय नआइसकेको उनको भनाइ थियो ।
जलवायु परिवर्तनका कारण देशमा आएको विनाशकारी बाढीबारे प्रधानमन्त्री शाहले त्यहाँ आफ्नो धारणा राख्ने बुझिएको छ । यस्तो विपत्तिको बेला यूएनजस्तो सभालाई नेपालले प्रयोग गर्नुपर्ने दबाब आउन थालेपछि प्रधानमन्त्री शाह महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री बालेनको यो नै पहिलो विदेश भ्रमण हुनेछ ।

