
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोसी तथा त्रिशूली नदीका बाढीपीडितलाई पार्टीले सोझै राहत पुर्याउने बताएका छन् ।
पार्टी कार्यलयमा आयोजित राहत हस्तान्तरण कार्यक्रमा ओलीले पार्टीको तर्फबाट १ करोड २० लाखको राहत वितरण गरिने बताए । जिन्सीसमेत गर्दा त्यसभन्दा बढी हुने उनको अनुमान छ । सरकारी कोषमा जम्मा गर्दा राहत थुप्रिने भएकाले आफूहरूले नै पीडितलाई प्राथमिकतामा राखेको बताए ।
“सरकारी कोषलाई राहत चाहिएको होइन, राहत पीडितलाई चाहिएको हो । पहिले पीडितलाई राहत पुर्याउँछौँ,” ओलीले भने, “सरकारी कोषमा दाखिल गर्ने अवस्था, हैसियत रह्यो भने त्यसपछि दाखिल गर्न सक्छौँ ।”ओलीले एआई क्रिएटेड दृश्य चित्रण गरेर आफूलाई जनताको सेवक बनाउन खोजेकोमा आपत्ति जनाए ।
“यतिबेला पपुलर हुन खोज्ने होइन । पीडितलाई अधिकतम सेवा कसरी गर्न सकिन्छ, यो काममा लाग्नुपर्ने,” उनले भने ।

