बाजुराको गौमुलमा पहिरो,१२ परिवार जोखिममा

cp new add
Nisharg hospital

अविरल वर्षापछि बाजुराको गौमुल गाउँपालिका–३ माझपालीको भिट्टालीमा पहिरो खस्दा एक घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोका कारण १२ परिवार जोखिममा परेका छन्।

लगातारको वर्षासँगै आएको पहिरोले स्थानीय हर्क विकको घर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष गोरखबहादुर बोहराले जानकारी दिए। उनका अनुसार काल्नेखानी मेलाबाट आएको पहिरोले काल्चेखानी खानेपानी आयोजना र एक पानी घट्टमा समेत क्षति पुर्‍याएको छ।

घरको तलबाट समेत पहिरो खसेपछि स्थानीय कौशल विकको घर उच्च जोखिममा परेको वडाध्यक्ष बोहराले बताए। पहिरोले वडा नम्बर ३ को कार्यालय जाने बाटोसमेत बगाएपछि आवतजावत बन्द भएको छ। भिट्टाली गाउँका १० परिवार पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष बोहराले बताए।

यस्तै, गएराति करिब ११ बजे खसेको पहिरोले गौमुल गाउँपालिका–२ को गैरा, आग्र र अन्द्राडी क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। वडा नम्बर २ का अध्यक्ष देवबहादुर रोकायाका अनुसार गैरामा दुई परिवार पहिरोको उच्च जोखिममा छन्। उनीहरूलाई सुरक्षित स्थानमा सार्न समन्वय भइरहेको उनले बताए।

लगातार वर्षा भइरहेकाले जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्न प्रशासनसँग त्रिपाललगायत आवश्यक सामग्रीका लागि समन्वय भइरहेको वडाध्यक्ष रोकायाले जानकारी दिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...