सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

cp new add
Nisharg hospital

काठमाडौं । आज शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

विशेषगरी सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...