दार्चुलामा करेन्ट लागेर ३ वर्षीया बालिकाको मृत्यु

cp new add
Nisharg hospital

दार्चुला । दार्चुलामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलका पुष्पराज जोशीकी ३ वर्षीया छोरी प्रिन्सा जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको कोठामा रहेको विद्युत् प्लगको प्वालभित्र औँला हाल्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी प्रिन्सालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...