कैलालीमा लागुऔषध खैरो हिरोईनसहित तीन जना पक्राउ

Nisharg hospital

८ साउन, धनगढी । कैलालीमा लागुऔषध खैरो हिरोईनसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३ का स्थानीय बुटा सिंहको घरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा घरधनी सिंह, टीकापुर नगरपालिका–१ बस्ने ३१ वर्षीय जीवन शाह र ६ बस्ने २१ वर्षीय अमित रावल रहेका छन् । उनीहरुको साथबाट पाँच ग्राम ४७० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ ।

प्रहरीले सिंहको घरमा लागुऔषधको कारोबारसँग सेवन समेत भइरहेको विशेष सूचनाका आधारमा छापा हानेको थियो । उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...