अपर त्रिशूली-१ मा कार्यरत कञ्चनपुरका एकै गाउँका ४ युवा सम्पर्कविहीन, शोकमा देखतभुली

cp new add
Nisharg hospital

काठमाडौं । रसुवा–भोटेकोशीमा आएको भीषण बाढीमा परी कञ्चनपुरको एउटै गाउँका चार जना युवा अझैसम्म पनि सम्पर्कविहीन छन् ।

रसुवास्थित अपर त्रिशूली- १ जलविद्युत् परियोजनामा कार्यरत चारै जना कञ्चनपुरको देखतभुलीका युवा हुन् । लालझाडी गाउँपालिका वडा नम्बर ५ का पदमसिंह साउद ९४३ वर्ष०, कृष्णपुर नगरपालिका-३ का कालु राना (३० वर्ष), रिकेश राना (२९ वर्ष) र क्रेशन राना (२३ वर्ष) वेपत्ता छन् ।

पारिवारिक स्रोतका अनुसार बाढी जानु अघि उनीहरू नाइट ड्युटी सकेर बिहान सुतिरहेको बताइएको छ । बाढीपछि सम्पर्क हुन सकेको छैन । बाढी आएको दुई साता बितिसक्दा समेत उनीहरूको अवस्था अज्ञात रहेको परिवारजनले बताएका छन् ।

उनीहरू कोही पनि परिवारको सम्पर्कमा छैनन् । एकसाथ चार युवा सम्पर्कविहीन हुँदा सिङ्गो गाउँ नै शोकमा डुबेको छ। हालसम्म पनि सम्पर्कमा नआउँदा पीडित परिवार यतिबेला निकै चिन्तित रहेको उनले बताए । परिवारले खोजी कार्य तीव्र पारिदिन र उनीहरूको अवस्था सार्वजनिक गरिदिन सरकार, स्थानीय प्रशासन, र सरोकारवाला सबै पक्षसँग आग्रह गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...