
काठमाडौं । रास्वपा सांसद इञ्जिनीयर श्रीराम न्यौपानेले चिलिमे हाइड्रो पावरको सुरुङमा ६ जना फसिरहेको जानकारी पाएको बताएका छन् ।
यसअघि फिल्डमै रहेर उद्धारका हरेक गतिविधि लाइभ अपडेट गराउँदै आएका न्यौपानेले चिलिमे सुरुङमा फसेकाको उद्धारमा सहभागी हुन त्यसतर्फ जाँदै गरेको बताएका छन् ।
‘चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ। उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु,’ न्यौपानेले आइतबार फेसबूकमा लेखेका छन् ।
भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीका कारण सुरुङमा फसेका ३ जनाको उद्धार गरिएको छ । साथै, बेत्रावतीमा पुरिएको घरबाट एक महिलाको पनि उद्धार भएको छ ।

