राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग

cp new add
Nisharg hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् ।

पाठकले महामन्त्रीसहित पार्टीमा आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै उनले राप्रपाको केन्द्रीय नेतृत्वमा स्थापनाकालदेखि नै देखिँदै आएको आन्तरिक बेमेल र गुटगत संघर्ष पछिल्लो समय झन् बढ्दै गएको आरोप लगाएका छन् ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई पार्टीले मूलमन्त्र मान्दै आए पनि त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको उनको भनाइ छ ।

पाठकले पार्टीभित्र गुटहरूले निजी स्वार्थका लागि गर्ने तिक्त संघर्षका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई आकर्षित गर्न कठिन भइरहेको बताएका छन् ।

आफूलगायत नयाँ जोडिएका नेताकार्यकर्ताले पनि पार्टीभित्रको उक्त अवस्थालाई परिवर्तन गर्न सक्ने सम्भावना नदेखेपछि अलग हुने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन् ।

यद्यपि, राप्रपाको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता भने अतुलनीय र प्रेरणादायी रहेको उनले उल्लेख गरेका छन् ।

पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...