
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्नका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै, प्रभावित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट तथा हाइजिन सेट लगायतका राहत सामग्रीसमेत नगरपालिकाले वितरण गर्ने भएको छ। विपद्को फाइदा उठाउँदै घरधनीले भाडा बढाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले सचेत समेत गराएको छ।
कोठा वा घर भाडामा लिँदा–दिँदा कसैले पनि प्रचलित तथा चलनचल्तीको भन्दा बढी भाडादर लिएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।
हेर्नुहोस् विज्ञप्ति :


